२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु ।

काठमाडौ / २४ घण्टामा नेपालमा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २४६६५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा ७५३ जना छन ।

हाल होमआईसोलेसनमा १९०१४ जना रहेका छन । ५०० भन्दा माथि कोरोना संक्रमित जिल्ला हाल सम्म १२ ओटा जिल्ला रहेका छन ।

कोरोना संक्रमितहरु मध्ये मृत्यु हुनेको प्रतिशतमा ०.६% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल आईसियुमा उपचाररत ४०३ जना छन । भेन्टिलेटरमा ६३ जन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म फीसीआर परिक्षण गरेका मध्ये कोरोना संक्रमितको प्रतिशतमा १३.२% रहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार