काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ११०७ जनामा कोरोना पुष्टि ।

 

काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार एक सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जस मध्ये महिला ४८४ जना र पुरुष ६२३ जना रहेका छन ।

हाल काठमाडौ जिल्लामा ८१५८८ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ९६८१ जना छन ।

भक्तपुरमा ७३३६ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७८३ जना छन । तेस्तै ललितपुरमा ११९४८ जनामा संक्रमण पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या २२२८ जना छन ।

हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या काठमाडौ जिल्लामा ३१६ जना भक्तपुरमा ८३ जना र ललितपुरमा ८९ जना पुगेका छन ।

काठमाडौ उपत्यकामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८७६९२ जना पुगेका छन ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार