मोरङमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु ।

 

काठमाडौ / कोरोना सङ्क्रमणबाट मोरङमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय समेत रहेका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताउनुभयो ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह वडा नम्बर ८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार