पछिल्लो २४ घण्टामा १६७४ जनामा कोरोना पुष्टि र ७ जनाको मृत्यु ।

 

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये महिला ६६१ र पुरुष १०१३ जना रहेका छन ।

देशभरका विभिन्न प्रयोगशालामा ८१४४ जनाको पीसीआर परिक्षण गर्दा १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २४००९ जना रहेको छ । क्वारेन्टाइनमा ७५७ जना रहेका छन ।

हाल सम्म कोरोना संक्रमित हुनेहरुको संख्या २१८६३९ जना पुगेको छ । जसमा महिला ७४४११ जना यो प्रतिशतमा ३४% रहेका छन । पुरुष १४४२२८ जना छन प्रतिशतमा ६६% रहेका छन ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भएर २३२३ जना डिस्चार्ज भएका छन । यो सहित कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या १९३३२५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट निको हुनेको प्रतिशतमा ८८%४ रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार