काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना पुष्टि ललितपुर र भक्तपुरमा एक एक जनाको मृत्यु ।

काठमाडौ / काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये महिला ३८७ जना र पुरुष ५१२ जना रहेका छन ।

हाल काठमाडौ जिल्लामा ८२२७३ जना कोरोना संक्रमित भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या १०१०१ जना छन ।

भक्तपुरमा ७३८५ जना कोरोना संक्रमित पुष्टि भएका छन । जस मध्ये सक्रिय संक्रमितको संख्या ७६९ जना छन । तेस्तै ललितपुरमा १२११३ जनामा संक्रमण पुष्टि भएका छन ।

जस मध्ये सक्रिय संक्रमितको संख्या २११४ जना छन । हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या काठमाडौ जिल्लामा ३१६ जना भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जना पुगेका छन ।

काठमाडौ उपत्यकामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८२९७ जना पुगेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार