जबर्जस्ती करणी गर्ने १ जना व्यक्ति पक्राउ ।

 

काठमाडौ / पर्वत जिल्ला प्रहरीले जबर्जस्ती गरेको आरोपमा ३२ बर्षिय दिपक परियारलाई पक्राउ गरेको छ ।

मंसिर २ गते राति १० बजेको समयमा जिल्ला पर्वत साविक भुकताङ्ले गा.वि.स. वडा नं. २ हाल मोदी गाउपालिका वडा नं. १ बस्ने वर्ष ३२ को दिपक परियारले सोही ठाउ बस्ने १९ बर्षिय महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा पक्राउ गरेका हुन ।

उनलाइ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटेको टोलिले पक्राउ गरी, घटनास्थलको मुचुल्का लगायतका अन्य प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरि थप अनुसन्धानको लागी पर्वत जिल्ला प्रहरी कार्यालयमा ल्याईएको थियो ।

प्रहरीले पक्राउ गरे लगातै पिडित महिलाको आमाले जवरजस्ती करणी मुद्दामा जाहेरी दिएको हो । जिल्ला प्रहरीले जबरजस्ती करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी मिति २०७७।०८।०५ गते पर्वत जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच ) को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार