कोरोना संक्रमित ध्रुब शर्माको निधन ।

 

काठमाडौ / कोरोना संक्रमणबाट बरिष्ठ कन्सलटेन्ट जनरल सर्जन डाक्टर ध्रुब शर्मा मुडवरीको निधन भएको छ । ९ दिन अगाडि कोरोना पुष्टि भएका मुडवरीको ७८ वर्षको उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

बरिष्ठ चिकित्सक डा.भोला रिजालले डा.मुडवरीको निधनले नेपालको चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै पूर्वी र पश्चिम नेपालका पोखरा राजविराज लगायतका विभिन्न स्थानमा सर्जरी सेवा सुरु गर्नुभएको स्मरण गर्नुभयो । मुडवरी ओम अस्पतालका निवर्तमान अध्यक्ष र नेपाल मेडिकल कलेजका सञ्चालक समिति सदस्य समेत थिए ।

डा.रिजालका अनुसार सामान्य लक्षण देखिएपछि पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पताल भर्ना भएका मुडवरी स्वास्थमा सुधार आएपछि डिस्चार्ज भएको थियो । डिस्चार्ज भएर घर गएपछि बाथरुममा लडेर गम्भिर घाइते भएपछि आइसियुमा राखी उपचार गर्दा गर्दै मुडवरीको निधन भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार