प्रतिबन्धित सालकको खपटा सहित काभ्रेका दुइजना पक्राउ ।

 

काठमाडौ / काठमाडौं महानगरपालिका वडा नम्बर ७ चाबहिल स्थित शान्ति गोरेटो चोकबाट १ किलो २५ ग्राम सालकको खपटा सहित २ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नम्बर २ घर भई काठमाडौं स्वयम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्री गर्नको लागि लुकाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा र २ थान मोबाइल सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार