हेटौंडा / मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ६ का आगलागीबाट घरबारबिहीन बनेका चेपाङ परिवारलाई तत्कालका लागि वडा अध्यक्षको पहलमा राहत उपलब्ध गराएको छ ।
सोमबार सिलिङ्गेका लालबहादुर चेपाङको घरमा आगलागी भएपछि घर अन्नबाली, नगद तथा पशुचौपाया जलेर नष्ट भएका थिए ।
पिडितलाई वडा अध्यक्ष सिगंलाल प्रजाको पहलमा तत्काल राहत उपलब्ध गराइएको हो ।
दिगो विकासका लागि एकता नेपालको आर्थिक सहयोगमा घरबार बिहीन परिवारलाई आवश्यक सहयोग गरेको अध्यक्ष प्रजाले जानकारी दिए ।
उनका अनुसार तत्कालका लागि दाल, चामल, भाडाकुडा तथा लत्ताकपडा प्रदान गरिएको हो । आगलागीबाट साढे २ लाख बराबरको क्षति भएको अध्यक्ष प्रजाले बताए ।
पिडित आफन्तको घरमा आश्रय लिएर बसेका छन ।