लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा औपचारिक उद्घाटन ।

अजय मिश्र: कृष्णनगर कपिलवस्तु /
कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय कुमार कार्की को प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख शब्नम खातुन, कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युम माया,उधोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम इस्वरी पोख्रेलले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा पि.आर.सि का कपिलवस्तु संयोजक निशा पन्थीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न आपन्त नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार