ट्राफिक प्रहरीको कारण अरानिको राजमार्गमा ट्रीफर दुर्घटनामा चालकको मृत्यु ।

काभ्रेपलान्चोक / अरनिको राजमार्ग अन्तर्गत सुकुटे बाट काठमाडौ तर्फ आईरहेको ट्रीफर काभ्रे र सिन्धुपाल्चोकको सिमाना बन्देउ घुम्तिमा ट्राफिक प्रहरी काभ्रेले चेकजाँच गरिरहेको स्थानमा ट्रीफर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

उक्त ट्रिफर आफ्नै साइडमा आईरहदा, सडकको दायाँ बिपरित दिशा तर्फ ट्राफिक प्रहरीले ब्याक गर्न लगाउदा सडक भासिएर ट्रीफर इन्द्रावती नदिमा खस्न पुगेको प्रत्यक्षदर्शीले बताए ।

विपरित दिशातर्फ लोड गाडी किन ब्याक गर्न लगाएकै कारण ट्रिफर दुर्घटना हुन पुगेको बताएका छन।

अरनिको राजमार्गमा निर्माण सामग्री बोक्ने गाडिहरुमाथी अनावश्यक चेकिङ गर्दै आएको उक्त क्षेत्र भन्द २०० मिटर माथि मात्रै सिन्धुपाल्चोक शसस्त्र प्रहरिको चेक पोइन्ट रहेको छ ।

सिन्धुपाल्चोक शसस्त्र प्रहरिको चेक पोइन्ट नजिकै दोलालघाट प्रहरीले चेकिङ पनि गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार