मंगोल नेशनल अर्गनाइजेसन तेमाल गाउँपालिका सभाको शनिबार तेमाल स्थित नारायणस्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

काभ्रेपलान्चोक / मंगोल नेशनल अर्गनाइजेसनले , तेमाल गाउँपालिका सभा शनिबार तेमाल वडा नम्बर ५ नारायणस्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

तेमाल गाउँपालिकाको वडा १ देखि ९ सम्मका अगुवा कार्यकर्ताहरुलाई पार्टीको संगठन विस्तार, आगामी रणनीति र जन परिचालनका सम्बन्धमा प्रशिक्षण दिइएको मंगोल नेशनल अर्गनाइजेसन, गाउँपालिका सभा तेमालले जनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेसन, गाउँपालिका सभा तेमालका अध्यक्ष कमल तामाङको अध्यक्षतामा र कार्यक्रममा पार्टीका केन्द्रिय सर्वोच्च सभा सदस्य एवं सल्लाहकार समिति सचिव एवं कार्यालय सचिव ह्रिन्जेन दोर्जे तामाङको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।

प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै सभापति तामाङले आगामी दिनमा मुलवासी मंगोलहरुलाई एक ढिक्का बनाएर लैजानका लागि र पार्टीका नीति तथा कार्यक्रमहरुलाई जनस्तर सम्म पुर्याउनका लागि प्रशिक्षण कार्यक्रम फलदायी रहने बताउनु भएको थियो ।

मङ्गोल नेशनल अर्गनाइजेसन काभ्रे तेमाल गाउपालिका सभाद्वारा आयोजित भेटघाट तथा प्रशिक्षण कार्यक्रम मङ्गोल नेशन अर्गनाइजेसन केन्द्रिय सर्बोच्च सभाका सदस्य ह्रिन्जेन दोर्जे तामाङ, बागमती प्रदेश सभाका सचिब राजेन्द्र तामाङ जिल्ला सभा काभ्रेका अध्यक्ष भरत मङ्गोल तेमाल गाउपालिकाका अध्यक्ष सहितको उपस्तिथिमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा काभ्रेका विभिन्न क्षेत्रका विशेष युवाहरुको बाक्लो उपस्तिथि रहेको थियो। प्रशिक्षण पश्चात् सबैको कौतुहल्ता हटेको साथै हामी साचिकै अस्तित्व बिहिन बनाएका रहेछौ दास भएर बाचेको रहेछौ अब हामि जुट्नु पर्छ आफ्नो लागि लड्नु पर्छ भन्ने खालको सकारात्मक प्रतिक्रिया उक्त कार्यक्रमबाट देखाएको छ ।

प्रशिक्षणमा भरत तामाङद्वारा आफू पनि पहिला विभिन्न पार्टीमा लागेको र मङ्गोल नेशनल अर्गनाइजेसन जस्तो अधिकार,अस्तित्वको निम्ति लड्ने कुनै पनि पार्टी नेपालमा नरहेकोले आफू पनि यश पार्टीमा आबद्ध भएको बताउनु भयो।

साथै आफ्नो अस्तित्व र अधिकारको सुनिश्चित गर्नका निम्ति यो देशमा मुलबासी मङ्गोल भएर जिउनको निम्ति अब हामी एक भएर मंगोल नेशनल अर्गनाइजेसनमा जोडेर जानू पर्ने बाग्मती प्रदेश सभा सदस्य राजेन्द्रले बताउनु भयो।

भने बुद्धले भन्न भएको तीन कुरा समानता,स्वतन्त्रता,र भातृत्व लाई लिएर मङ्गोल नेशन अर्गनाइजेसन प्रजिडेन्ट ज्युले लोकतन्त्र,धर्मनिरपेक्षा,र प्रान्तिय संघियताको आवाज उठाउनु भएको र सन्सारमा भएको तिन ओटा दर्शन ।

फासिट्जम,
कम्युनिजम,
लिबेरिजम मध्ये मङ्गोल नेशन अर्गनाइजेसन लिबेरिजम लोकतान्त्रिक सिद्धान्त लिइ अगाडि बढिरहेको छ।

हामी ८०% प्रतीशत मुलबासिलाई २०% प्रतिशतलाइ दास बनाएर राखेको अबस्था रहेकोले हामी ८०% प्रतिशात मुलबासी मङ्गोलको अधिकारको निम्ति लड्ने एक मात्रा सङ्गठन mno रहेकोले हामि कसैले कुनै बाहुन पार्टिमा नलागी मङ्गोल नेसनल अर्गनाइजेसनमा जोडिन आउदो चुनाबमा भाले चिह्नमा मतदान गर्न आह्वान गर्नु भयो।

तेमाल गाउपालिका अध्यक्ष भन्नू हुन्छ हामी यो देशको आदिबासी जनजाति होइन हामी यो देशको मुलबासी मङ्गोल रहेकोले हाम्रो अस्तित्व सहित यो देशको मुलबासिको निम्ति सङ्गठनमा आबद्ध हुन अव्हन गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार