काठमाडौ / नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलले कम्प्युटरमा आधारित परीक्षा लिएको थियो । काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा लिएको परीक्षामा ७३.३ प्रतिशत चिकित्सक पास भएका हुन् ।
परीक्षामा ८ सय ३९ जना सहभागि भएका थिए ती मध्ये ६ सय १५ जना उत्तीर्ण भएका छन्।
कुल सहभागिमध्ये २ सय २४ जना अनुतिर्ण, ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको काउन्सिलले जनाएको छ।