कोरोना संक्रमणबाट शल्य चिकित्सक डा. मुडभरीको मृत्यु ।

काठमाडौ / कोरोना संक्रमणबाट डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ ।

शनिबार चावहिलस्थित ओम अस्पतालमा डा. मुडवरीको निधन भएको हो। अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले डा.मुडभरीको कोरोना बाट निधन भएको जानकारी दिएको हो ।

शल्य चिकित्सक डा. मुडभरीलाई कार्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । करिव ७ दिन अस्पतालमा उपचारपश्चात डिस्चार्ज भइ पुन श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर ३ गते अस्पताल भर्ना गरिएको थियो।

उपचारको क्रममा शनिबार उहाँको मृत्यु भएको हो । डा. मुडभरी ॐ अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार