काठमाडौ / कोरोना संक्रमणबाट महोत्तरीकी २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
बर्दिबास वडा नम्बर २ निवासी युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
युवतीको आइतबार राति २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी जनकपुर सिटि अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई बीपीमा प्रतिष्ठानमा रिफर गरेको थियो ।शवको व्यवस्थापन कोभिड १९ को नियम अनुसार भइरहेको अस्पतालले जनाएको छ ।