स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एकजना पक्राउ ।

काठमाडौ / सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बारामा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ गनरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन्।

पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम बरामद गरेको हो।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।

उनको साथमा रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार