जीप दुर्घटनामा ४ जनाको मृत्यु एक बर्षाको बालक सहित ७ जना घाइते ।

 

काठमाडौ / हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु।२ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको हो ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा सिमकोट गाउँपालिका(७ को डाडाफयामा राति १०ः०० बजे सो बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एबं प्रहरी निरीक्षक सिताराम बिष्टले बताउनुभयो ।
दुर्घटनामा परि १ जना महिला सहित ४ जनाको मृत्यु भएको छ । भने मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि एकबर्षको बच्चा सहित ७ जना घाइते भएका छन् ।

घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताउनुभयो ।

बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीका प्रबक्ता बिष्टले बताए । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।

रातिको समय भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताउनुभयो । अधिकांशको छाति, टाउको र हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार