‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ प्रधानमन्त्री ओली ।

काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली आज बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भएको छ । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिएका छन ।

‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।’ ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए ।

त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो । बैठकमा प्रचण्डले बोल्दाबोलदै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार