यात्रुबहाक बस दुर्घटना हुदा ३४ जना घाइते तीन जनाको अवस्था गम्भीर ।

 

काठमाडौ / बर्दियाको गुलरिया नगरपालिकामा यात्रुबहाक बस दुर्घटना भएको छ ।

यात्रुबहाक बस दुर्घटना हुदाँ बसमा सवार ३४ जना घाइते भएका छन् । भने घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनिहरुको थप उपचारका लागी नेपालगन्ज लगिएको छ ।

नेपालगन्जदेखि बर्दियाको राजापुरतर्फ जाँदै गरेको भे १ ख २१२४ नम्बरको बस अनियन्त्रित भई गुलरिया नगरपालिका वडा नम्बर—१ खैरापुर नजिकै पल्टिदा बसमा सवार ३४ जना घाईते भएका थिए ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर छ । बस दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा गेरुवा गाउँपालिकाकी ५५ वर्षिय माण्डवि थापा, गुलरिया नगरपालिका— २ का १६ वर्षिय रचना बुढा थापा र मधुवन नगरपालिका—८ का ३० वर्षिय भुमिसर ओलीको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार