मिस नेपाल वर्ल्ड २०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन ।

काठमाण्डाै / मिस नेपाल वर्ल्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २० जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धिलाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ  भनेर सोधिएको थियो ।

उनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।श्रेष्ठ पेशाले किनरगार्डेन टिचर हुन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार