सरकारले आज सगरमाथाको उचाई आज घोषणा गरिने ।

काठमाडौ / विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई आज घोषणा गरिने भएको छ ।

आज मंगलबार दिउँसो  १: ४५ बजे सगरमाथाको नयाँ उचाई घोषणा गर्ने कार्यक्रम आयोजना गरिएको भूमि मन्त्री पद्मकुमारी अर्यालले जानकारी सामाजिक संजल फेसबुक बाट सोमबार दिइन् ।

उनका अनुसार उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।

पहिलो पटक सरकारले आफ्नै खर्चमा सगरमाथाको उचाई मापन गरी घोषण गर्न लागेको हो ।

स्रोतका अनुसार पहिलेको तुलनामा सगरमाथाको उचाई बढेको बुझिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार