काठमाडौ / नेपालले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको पछिल्लो पटक मापन गरिएको उँचाइ आज सार्वजनिक गरिएको छ ।
नापी विभागमा केहिबेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार अब सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।
नयाँ उचाइ ८६ सेन्टिमिटरले बढेको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो ।
नापी बिभागको आफ्नै जनशक्ति प्रयोग गरी बिभागकै प्रयोगशालामा फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क प्रशोधन गरी सगरमाथाको उचाइ सम्बन्धी पछिल्लो परिणाम निकालिएको बिभागले जनाएको छ ।
सगरमाथाको उँचाइ बारे मित्रराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा समेत छलफल भैसकेको बिभागले जनाएको छ ।