सामज सेवि राजेन्द्र वाईबा अब ब्याबसायमा!

मकवानपुर । हेटौंडा स्थित कररा चोकमा रहेको इन्द्र सपिङ मार्टको तेस्रो तल्लामा स्काई भ्यु रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ। लामो समय प्रवासी भुमी मलेसियामा रहदा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पुर्व अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै आउनु भएको र कर्मथलो लाई विट मार्दै स्वदेश फर्किनु भएको केहि महिना पछि समाजसेवी वाईबाले रेस्टुरेन्ट ब्याबसाय सुरु गर्नु भएको छ।

“पसिना प्रवासमा हैन स्वदेशमै बगाउ” भन्ने हेतुले संचालनमा ल्याएको रेस्टुरेन्ट मिति २०७७/मंसिर/२३ गते हेटौंडा उपमहानगर पालिका वडा नं. ४ का अध्यक्ष श्री नबिन सिग्देल ज्युले उद्घाटन गर्नु भएको थियो भने उद्घाटनमा नेपाल तामाङ घेदुङ संघिय सदस्य तथा नेकपा जिल्ला सदस्य श्री सुनिल मोक्तान तामाङ लगायत विभिन्न राजनैतिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

साथै यस रेस्टुरेन्टमा जन्म उत्सव पार्टी,गेट टुगेदर कार्यक्रम गर्न सकिने र एक पटक सेवा गर्न को लागि मौका दिनु हुन अनुरोध पनि संचालक वाईबा ले अनुरोध गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार