इंग्लिस प्रिमियर लिग ईपीएलमा म्यानचेस्टरको जित ।

एजेन्सी / इंग्लिस प्रिमियर लिग(ईपीएल)मा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेड विरुद्धको खेकमा जित निकालेको छ।

शेफल्डको ब्रमल लेनमा सम्पन्न खेलमा पाहुना टिम म्यानचेस्टरले ३–२ गोलको जित निकालेको हो।

एक गोलले पछि परेको अवस्थाबाट जितसम्म पुर्याउन म्यानचेस्टरका मार्कस रासफर्डले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गोले गरे।

यता शेफिल्डका डेबिड म्याक गोड्रिकले खेलको पाँचौ मिनेटमै अग्रता बनाए पनि उसले २६ औं मिनेटपछि अग्रता कायम राख्न सकेन।
म्यानचेस्टरका रासफर्डले लिन्डलफको पासमा गोल गर्दा खेल बराबरीमा आयो।

बराबरीपछि म्यानचेस्टका मार्सियलले ३३ औं मिनेटमा गोल गर्दा पाहुना टिमले अग्रता आफ्नो पक्षमा पार्यो।

पहिलो हाफमा अग्रता खोसेको पाहुना टिमका मार्सलेले ५१ औं मिनेटमा गोल गर्दैै ३–१ गोलले क्ललाई अघि पुर्याए र, ८७ औं मिनेटमा शेफिल्डका म्याक गोड्रिकले गोल गरेपछि भने खेलको नजिता ३–२ भयो।

अवे मैदानमा ३–२ गोलको जितसँगै युनाइटेड अंकतालिकाको छैटौं स्थानमा छ भने शेफिल्ड पुछारमा छ।

युनाइटेडले २३ अंक बनाउँदा शेफिल्डले एक अंक मात्र जोड्न सकेको छ।

त्यस्तै, बिहीबार राति नै सम्पन्न अर्को खेलमा एस्टोन भिल्लाले बर्नलीसँग गोलरहित बराबरी खेलेको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार