डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तानलाई ।

काठमाडौ / डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तान टिम सुबिजुले जितेको छ।

शनिबार राति भएको फाइनलमा स्टार सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले उपाधि जितेका हुन्।विजेताले नगद २० लाख र ट्रफी प्राप्त गरेका छन्।हिमालय टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रममा तीन वटा टिम अन्तिम प्रतिस्पर्धामा पुगेका थिए।

टिम बुद्धिका बुद्ध लामा केभिका खत्री, सुबिजु सुमि मोक्तान बिज पार्की र प्रियम फाइनलमा पुगेका थिए। दोस्रो उपाधि अर्थात् फस्ट रनरअप टिम बुद्धिका भएको छ। बुद्धिका टिममा बुद्ध लामा र केविका खत्री थिए।

सेकेन्ड रनरअप टिम प्रियम भएको छ। यसमा प्रियना आचार्य (मुन्नी) र सुबम् भुजेल थिए। १२ जोडी सहभागी कार्यक्रममा हरेक हप्ता एक जोडी बाहिरिंदै आएका थिए। फाइनलमा भने दर्शकको भोटले मात्रै निर्णायकको काम गरेको छ।

त्यसअघि निर्णायकको नम्बर र भोटलाई आधार मानेर प्रतिस्पर्धा गराइएको थियो।  प्रतियोगितामा अभिनेत्री गौरी मल्ल, अभिनेता दीलिप रायमाझी र कोरियोग्राफर रेनेशा राई निर्णायक थिए।

हार्दिक बधाई

शैतिम खवर डट कम

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार