सन्तोरी हाकुशुले विश्वको सबैभन्दा उत्कृष्ट सिंगल माल्ट ह्विस्कीको उपाधी हात पारेको छ ।


टोकियो । जापानी ह्विस्कीका पारखीहरुका लागि खुसीको खबर आएको छ त्यो के भने वल्र्ड ह्विस्की अवार्ड्ज २०२० ले यस्तो देखाएको हो ।

यो ह्विस्कीले सन् २०१८ मा पनि सो उपाधी हात पारेको थियो । अवार्डमा जापानी ह्विस्कीहरुको वचश्र्व रहेको थियो । फुजी सिंगल ग्रेन र इचिरोज माल्ट एण्ड ग्रेनले पनि एक एक उपाधी हात पारेका छन् ।

इचिरोज माल्ट एण्ड ग्रेन जापानी ब्लेन्डेड ह्विस्की लिमिटेड एडिशन घोषित भएको छ । । इचिरोज लिमिटेड एडिशनले यो उपाधी जितेको यो तेस्रो पटक हो ।

फुजी सिंगल ग्रेन थर्टी एयर्सले भने विश्वकै उत्कृष्ट सिंगल ग्रेनको उपाधी हात पारेको हो । यो किरिनको फुजी गोतेम्बा डिष्टिलरीको लागि लगातार दोस्रो जित हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार