झलनाथ खनालले ओलि प्रधानमन्त्री पद जोगाउन तिर लागेको आरोप ।

काठमाडौ / प्रचण्ड माधव समुहको नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली प्रधानमन्त्री पद जोगाउन तिर लागेको आरोप लगाएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रवृत्ति देखाउन थालेको र पद जोगाउन तिर मात्रै ध्यान केन्द्रीत गरेको बताएका हुन ।

ओलीले अनेक पटक संंसद भङ्ग गर्ने धम्की दिएको तर आफूहरुले संविधानले नदिने भनी सुध्रने मौका दिएपनि नसुध्रिएको दावी गरे ।

वरिष्ठ नेता खनालले आफूहरुले विश्वासका साथ ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाए पनि जनताको सम्मृद्धिको आकाँक्षा पुरा नगरी पार्टीलाई भर्याङमात्र बनाएको आरोप लगाए ।

खनालले समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको गुनासो गरे ।

समाजवाद उन्मुख हुनु पर्ने पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री ओलिले संघियता लोकतन्त्र गणतन्त्र सिध्याउन खोजेको पनि उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार