कलंकी क्षेत्रबाट प्रचण्ड समुहको नेतृ अष्ठलाक्ष्मी शाक्या सहित ८ जना पक्राउ ।

 

काठमाडौ / प्रचण्ड माधव समूहले आजको लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यही क्रममा कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्य र हितमान शाक्य सहित नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् । प्रचण्ड-माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना लगायत ७१ जना पक्राउ परेका छन् । बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी समेत गरेका थिए । त्यस्तै बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार