काठमाडौ / भारतको उत्तराखण्ड राज्यमा हिमपहिरो खसेपछि आएको बाढीले ऋषिगंगा जलविद्युत बाँध भत्किदा १५० जना भन्द बढि मानिस हराइरहेका छन् भने दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ ।
उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको हो । अधिकारीहरूका अनुसार १ सय ५० जनाभन्दा बढी स्थानीयहरू हराएको आशंका गरिएको छ ।
बाढीको भेल तीव्र गतिमा बस्तीहरुमा पसेपछि धेरै नोक्सानी पुर्याएको छ । चमोली जिल्लाको धौलीगंगा नदीमा आएको बाढीले बाँध भत्काएको हो ।
हराइरहेकामध्ये अधिकांश सो स्थानमा रहेको जलविद्युत् आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।
बाढी तीब्र गतिमा आएकाले कसैलाई सचेत गराउन नभ्याएको स्थानीयले बताएका छन् । हालसम्म ८ जनाको शव फेला परेको छ ।
ऋषिगंगा जलविद्युत परियोजनाको सुरुङभित्र काम गरिहरेका ५० जना मजदुरको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सुरुङमा फसेका १६ जनासहित अन्य थुप्रैलाई उद्दार गरिएको छ ।