धुलिखेलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने

काभ्रेपलान्चोक / तामाङ समुदायको साँस्कृतिक पर्व मञ्जुश्री सम्बत २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसरमा धुलिखेल-४, बखुन्डोलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम बखुण्डोल पार्कको आयोजनामा हुन लागेको अध्यक्ष सत्यमान लामाले जानकारी दिए ।

माघ ३० गते शुक्रबार हुने उक्त कार्यक्रमक बुद्धपार्कमा हुने अध्यक्ष लामाले बताए । ‘ह्याङला ह्रीमठीम ह्याङलान ग्योइ, ह्याङनोन डिक्सी छार्नलाई’ भन्ने नाराका साथ हुन लागेको उक्त कार्यक्रमको प्रमुख अतिथिमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु रहने छन् भने विशेष अतिथिमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा रहने छन् ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने लामाले जानकारी दिए । कार्यक्रमको सह-आयोजकमा जनजाति परिषद्, धुलिखेल नगरपालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार