बुधबार राति १२ बजेदेखि लागू हुने गरी पट्रोलियम पदार्थको मूल्य बृृद्धी

 

काठमाडौं / सरकारले ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको जनाएको छ । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५।१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३।८७ करोड रहने निगमले जनाएको छ ।
स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने प्रवक्ताले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार