नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत सिङ दोङ द्धरा मञ्जुश्री सम्वत २८५७औ लाङ ल्हो सोनाम ल्होछारको शुभकामना व्यक्त ।

जगत सिङ दोङ अध्यक्ष नेपाल तामाङ घेेदुुङ मलेसिया

काठमाडौ / नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत सिङ दोङले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन्।

तामाङ समुदायको ल्होछरको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष जगत सिङ दोङले विविधता भित्रको एकता नेपाली समाजको विशेषता भएको बताए।

उनले यिनै तामाङ सांस्कृतिक सामाजिक र मूल्य मान्यता सहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताए।

दोङले सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका सोनाम ल्होछार यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै संघिय नेपाल तामाङ घेदुङ केको निर्देशनअनुसार ‘ राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती तामाङ भाषा र बाैद्ध धर्म लेखाऔ! कोभिड १९ को महामारीमा सोनाम ल्होछार २८५७ औ घरघरमा भव्य रुपले मनाऔ। भन्ने मुल नाराका साथ यश वर्षा ल्होछार मनाउन सबैमा आग्रह गरे।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार