नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको सचिव तथा सेलो गायक मिलन दोङद्धरा मञ्जुश्री सम्वत २८५७औ लाङ ल्हो सोनाम ल्होछारको शुभकामना व्यक्त ।

मिलन दोङ सचिव नेपाल तामाङ कलाकार संघ दक्षिण कोरिया

 

काठमाडौ / नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको सचिव तथा सेलो गायक मिलन दोङले मञ्जुश्री सम्वत २८५७ औ सोनम ल्होछारको शुभकामना व्यक्त गर्नु भएको छ । नेपाल सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको दोङले बताएका छन्।

नेपालको मुल वासी तामाङ समुदायको सोनाम ल्होछरको अवसरमा आज शुभकामना दिँदै नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाका सचिव तथा गायक मिलन दोङले विविधता भित्रको एकता नेपाली समाजको विशेषता भएको बताए।

उनले यिनै तामाङ सांस्कृतिक सामाजिक र मूल्य मान्यता सहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताए।

दोङले परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका सोनाम ल्होछार यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै संघिय नेपाल तामाङ घेदुङको निर्देशनअनुसार ‘ राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती तामाङ भाषा र बाैद्ध धर्म लेखाऔ! कोभिड १९ को महामारीमा सोनाम ल्होछार २८५७ औ घरघरमा भव्य रुपले मनाऔ। भन्ने मुल नाराका साथ यश वर्षा ल्होछार मनाउन सबैमा आग्रह समेत गरे।

मिलन दोङ
नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको सचिव तथा सेलो गायक

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार