पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना पुष्टि । २ जनाको मृत्यु

 

काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरू मध्ये महिला ४७ जना र पुरुष ८० छन्।

कोभिड १९ प्रयोगशालामा ४ हजार जनाको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म २१ लाख ११ हजार ६ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। आज थप भएका १२७ जना सहित हालसम्म २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना पुष्टि भएको छ।

२४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमण मुक्त भइसकेका छन्। कोरोना संक्रमित हुने मध्ये निको हुनेको प्रतिशतमा ९८.६% प्रतिशत रहेको जनाएको छ ।

देशभर सक्रिय संक्रमित १ हजार ७ सय ७ जना छन्। क्वारेन्टाइनमा ७९ जना छन्।
आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित हालसम्म मृत्यु हुनेहरूको कुल संख्या २ हजार ५४ जना पुगेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार