माध्यमिक विद्यालय श्रीपुरमा जडान गरिएको सि सि क्यमरा एक कार्यक्रम विच उद्घाटन

 

अरविन्द कुमार यादव: रौतहट / रौतहटको मध्य एवं आर्थिक क्षेत्र अवस्थित रहेको गरुडा नगरपालिकाले वर्डा नम्बर ९ मा रहेको माध्यमिक विद्यालय श्रीपुरमा जडान गरिएको सि सि क्यमरा एक कार्यक्रम विच उद्घाटन गरिएको छ।

वसन्त पन्चमी व्रतका दिन सरस्वती पूजाको शुभ अबसरमा गरुडा नगरपालिका वर्डा नम्बर ९ अवस्थित रहेको माध्यमिक विद्यालय श्रीपुरमा सि सि क्यमरा जडान कार्यको उदघाटन नगर प्रमुख इन्नु राय यादबद्वारा गरिएको छ।
आज मङ्गलबार देखि जडान गरिएको सो क्यामरा विधिशास्त्र अनुसार उद्घाटन भइ सन्चालनमा आएको छ।

विद्यालयको शिक्षामा अझ थप गुणस्तरीयता आउने भएको उदेश्यले सो क्यामरा जडान गरिएको मेयर यादवले बताउनुभयो । विद्यार्थी र शिक्षक विद्यालयको परिसर भित्र समयमा आउँछ कि आउदैन भने सो क्यामरा बताउँछ ,कुन शिक्षक बढाई रहेको छ कि गफ हान्नमा व्यस्त रहेको बताउने उदेश्यले क्यामरा जडान गरिएको मेयर ईन्नु राय यादवको स्वकीय सचिव गोपाल राय यादवले फोन मार्फत जानकारी गराएको छ।

उद्घाटन कार्यक्रममा गरुडा नगरपालिकाको उपमेयर रङ्गिला देवी जयसवाल समेतको जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार