झापा / झापा भद्रपुर नगरपालिका-७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
सोमबार दिउसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झै-झगडा हुदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको मंगलबार विहानको २ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जानकारी दिए ।
प्रहरीले साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।