भागरथी भट्टको बलात्कार पछि हत्या भएपछि निगरानीमा रहेका एक जना ब्यक्ति महेन्द्रनगरवाट पक्राउ

काठमाडौ / माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको घटनामा प्रहरी उच्च निगरानीमा रहेका एक जना ब्यक्ति महेन्द्रनगरवाट पक्राउ गरिएको छ ।

मंगलबार पक्राउ गरि उनलाई हिजो नै बैतडी लगिएको छ । घटना अनुसन्धानमा निकै सतर्कता अपनाएको नेपाल प्रहरीले कुनै सूचना चुहाएको छैन । मंगलवार नै उनलाई महेन्द्रनगरवाट पक्राउ गरिएको हो । उनी भारत भाग्न लागेको आशंकामा पक्राउ गरी बैतडी लगिएको छ ।

सार्वजनिक पद धारण गरेका दोगडाकेदार गाउँपालिकाकै ती पुरुषलाई कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरि बैतडी प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ती व्यक्ति र भागरथीबीच पूर्व चिनजान रहेको थियो। उनी भागरथी घटना भएको केहीदिनपछि बैतडीबाट विदामा महेन्द्रनगर पुगेका थिए ।

घटनास्थलको प्रकृति र केही शंकास्पद गतिविधिका कारण उनलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । उनको घर नजिकै भागरथीले प्रयोग गरेको मोवाइलको ब्याट्रीले फेला परेको थियो । यद्धपी यहि प्रमाणले उनलाई घटनामा संलग्न भएको पुष्टि भने गर्न नसकिने प्रहरी स्रोतले जनाएको छ ।

यसअघि कैलालीबाट समेत घटनामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको थियो । उनी हाल रिहा भइसकेका छन् भने काठमाडौँमा पक्राउ परेका अर्का एक व्यक्ति पनि अनुसन्धानका लागि बोलाएका बखत हाजिर हुने शर्तमा छुटिसकेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार