आजको माैसम हिमाली भुभागमा हिमपात हुने ।

 

काठमाडौ / हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको माैसम विभागले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम आज सामान्यतया सफा रहेको छ ।

फाल्गुन ०५ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वांकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

हाल २४ घण्टाको चेतवनी

प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार