मोटरसाईकल दुर्घटनामा २२ बर्षिय तामाङको मृत्यु

 

झापा / झापा जिल्लाको झापा गाँउपालिका वडा नं ६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ ।

मंगलबार साँझ पौने ७ बजे झापा वडा नम्बर ७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा ठोक्किएको प्रहरीले जनाएको छ । तामाङ चढेको को १३ प ९०० नम्बरको मोटरसाईकल आफै अन्यन्त्रित भई दुर्घटना हुदाँ चालक तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार