विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

 

काठमाडौ / भक्तपुर महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरीमा संलग्न गिरोह ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका वडा नं ९ बस्ने २२ बर्षिय कुलबहादुर तामाङ, खिजी देम्बा गाउँपालिका–२ बस्ने २८ बर्षिय कोपञ्चमान तामाङ र लिखु गाउँपालिका–९ बस्ने वर्ष २४ को गोविन्द गौतम रहेका छन् । उनीहरुले सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाको आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही समूहले बाराही स्थानको उकालो बाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले प्रदेश २–०२० प ८८२७ नं। चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने वर्ष २७ का अभिषेक योञ्जन र शैलुङ गाउँपालिका–६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ का सुमन नेपालीलाई पक्राउ गरिएको डीएसपी गिरीले बताए ।

तेस्तै ४ गते नै मध्यपुर ठिमी नगरपालिका वडा नं ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प। ७०४८ नं। को २२० सि।सि को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक सुदन केसीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायकमा बस्ने वर्ष २३ का फुर्वा तामाङ र उसको साथी वर्ष २१ का राजु तामाङलाई पक्राउ गरेको हो । उल्लेखित चारवटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए ।

सम्बन्धित मोटरसाइकल धनीहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार