१२ बर्षीय बालिकालाई पूर्वमन्त्री झाको ससुराले जबर्जस्ती करणी प्रयास गरेको पीडितको आरोप

 

रौतहट / रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री अनिल झाले आफ्नो रेडियो स्टेशनमा काम गर्नको लागि राखेका एक नाबालिक बालिकाले सांसद झाको ससुराले दुष्कर्म गर्ने प्रयास गरेको आरोप लगाएका छन ।
आर्थिक अवस्था कमजोर भएकी बालिकालाइ घरको काम काज गर्नका लागि राखिएको बालिका माथि ७० वर्षीय सुदर्शन पाठकले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको हो ।

स्थानीय गौर नगरपालिका वड़ा नम्बर ५ मा सांसद झाले आफ्नै घरमा सञ्चालन गरेको रेडियो संस्कृतिको स्टेशन मैनेजरको रुपमा जिम्मेवारी सम्भालदै आएका प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री डाक्टर डिम्पल झाको बुवा पाठकले १२ वर्षीय बालिकालाइ बलात्कार गर्ने प्रयास गरेको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अंतर्गत रहेका देवी परसा टोला निवासी उक्त बालिकाले घरमा ढोका लगाएर कपडा खोल्ने प्रयास गर्दा घरबाट भागेको प्रहरी समक्ष व्यान दिएकी छीन । बालिकाले घर बाट भागे पानी नानाले मोटरसाइकलबाट लखेटेको दावी गरेकी छिन ।

बाल श्रम गराउनु कानूनी अपराध भएको जानकारी हुदा हुदै पनि सांसद झाले काम गर्न राखिएकी बालिका उनकै घरमा असुरक्षित भएको छ । सांसदको ससुरा तथा राज्य मन्त्री झाको बुवा पाठकले भने आरोपलाइ अस्वीकार्य गरेको छ ।

उनले राजनितिक चरित्र हत्या गर्ने उदेश्यले आफू माथि गलत आरोप लगाएको दावी गरेका छन । भारतीय नागरिक रहेका पाठकको नेपालमा राजनितिक छवि किन विगार्ने भनी प्रश्न उठेको छ । पाठकले बुवाको मृत्यु भएको भनी भनेको कारण काम गर्नको लागि राखेको स्वीकार्य गरेको छ । १ महीना पहिले घरको काम गर्नको लागि आएको बालिकाको आमाले छोरी सित दुष्कर्मको प्रयास गरिएको बताएकी छीन ।

गाउको प्रवीणको भनाइमा छोरीलाइ पठाएको जिकिर गर्दै छोरी माथि अभद्र व्यव्हार गर्ने पाठकलाइ कानूनी कारबाही गर्न दवाव सृजना गरिदिन सबै सित आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बालिकाले दिएको व्यानको आधारमा अनुसन्धानको कार्य भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार