नेपालमा हिमाली भागमा हिमपात र वर्षा हुने ।

 

काठमाडौ / हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको माैसम विभागले जनाएको छ। देशको पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको पनि जनाएको छ ।

फाल्गुन ०६ गते (विहीबार)

दिउँसो : प्रदेश न २ र प्रदेश न ३ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा रहेको हुदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार