१४ बर्षिय बालिका माथि याैन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ

काठमाडौ / कञ्चनपुर जिल्लामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमा नै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरेको बताए।

थापाका अनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार