काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड –माधब समूहको पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ।
समनसद विघटनको विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका प्रचण्ड -माधब समूहले केन्द्रीय कमिटीका सदस्यहरूलाई आकस्मिक रूपमा नागरिक्त सहित केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन दिएको थियो।
आज बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले राजनीतिक अवस्था र सम्भावित परिदृष्यबारे ब्रिफिङ गर्नु भएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कठोर संघर्षका लागि पनि तयार हुनुपर्ने बताएको छ ।‘दीपावाली गर्न पनि तयार हुनुस्, सशक्त आन्दोलनका लागि पनि तयार रहनुस्। अदालत र निर्वाचन आयोगबाट जुनसुकै निर्णय आउन सक्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्यले बताइन ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सदर गरे पञ्चायतकालीन अदालत भएको ठहर गर्दै आन्दोलनमा जानुपर्ने नेताहरुले बताएका थिए। आजको बैठकमा २९० जना केन्द्रीय सदस्यहरु नागरिकता लिएर उपस्थित भएका थिए।