आफुलाइ हटाएको कुनै कारण नखुलाएको तिलक परियार भनाइ ।

काठमाडौं / प्रदेश नम्बर २ को प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदबाट के कारणले हटाइएको भन्नेबारेमा केही जानकारी नभएको बताउनु भएका छन्। राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार पदबाट हटाइएपछि , ‘के कारणले हटाइयो भन्ने मलाई केही थाहा छैन। उहाँहरुले इमेलबाट पठाउनुभएको पत्र पाएको छु।’ उनले भने ।

उनले पत्रमा हटाउनुको कारण केही नखुलाइएको र आफूलाई पनि केही जानकारी नभएको बताउनु भयो । उनले भने, ‘पदबाट हटाएपछि अब खुरुखुरु जाने।’ परियारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

उनी तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बाँके १ बाट विजयी संविधानसभा सदस्य हुन्।

परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा माओवादीका केन्द्रीय सल्लाहकार समेत थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार