उपराष्टपति पुन र सभामुख सापकोटाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ बहिष्कार ।

काठमाडौं / प्रदेश २ का प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा झाले शुक्रबार नै सपथ लिएका छन् ।

उक्त सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार