२ नम्बर प्रदेश प्रमुखबाट सरकारले हटाएपछि तिलक परियारले भने सिङ्गो दलित समूदायमाथिको आक्रमण हो ।

 

काठमाडौ / २ नम्बर प्रदेशको प्रमुख पदबाट मन्त्रिपरिषदको निर्णयबाट हाटएपछि निवर्तमान प्रदेश प्रमुख तिलक परियारले सरकारको यो निर्णयबाट आफू छक्क परेको बताएका छन्।

मिडियाकर्मीहरु सँग कुराकानी गर्दै उनले भने, ‘अचानक यो सरप्राइज् निर्णय मन्त्रिपरिषद्ले गरेको छ। राष्ट्रपति कार्यालयबाट मकहाँ पदमुक्त गरिएको पत्रसमेत आइपुगेको छ। मलाई यस बारेमा अग्रिम कुनै संकेतसमेत दिइएको थिएन।’

आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै परियारले भने, ‘म निस्पक्ष र इमान्दारिताका साथ आफ्नो काम गर्दै आएको थिएँ। यो गुट उपगुटको राजनीतिमा मलाई आशंकाको भरमा पदमुक्त गरिएको हो।’ उनले आशंकाको भरमा नै पदमुक्त गर्न नमिल्ने र यसका लागि तथ्य र प्रमाण आवश्यक रहेको बताए।

आफूलाई पूर्व जानकारी हुनुपर्नेमा कुनै जानकारी नै दिइएन, उनले भने, ‘मलाई कुनै किसिमको वार्निङ्गसमेत उहाँहरुले दिनुभएको छैन। मैले इमान्दारीपूर्वक निष्पक्षता र तटस्थपूर्वक भूमिका निभाउँदै आएको थिएँ। पूर्व माओवादीबाट आएको भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो अझै दूर्भाग्यपूर्ण छ। म गुट र उपगुटमा अहिलेसम्म कहीँ पनि खुलेको छैन।’

उनले भने, ‘कमसेकम मलाई स्पष्टिकरण दिने अवसरसमेत दिनुपर्ने थियो तर त्यस्तो कुनै जानकारी गराइएन त्यसैले कानूनी उपचार खोज्छु। म दलित समुदायको भएकाले सरकारले अपर्झट निर्णय गरेपछि सबैलाई सरप्राइज् बनाएको छ। यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समूदायमाथिको आक्रमण हो।’काठमाडौ फर्केपछि अदालत जाने उनले बताए। सभर नेपाल समय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार