नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागिपरेको छ :प्रधानमन्त्री ओलि

 

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।शनिबार विराटनगरमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गरे ।

प्रचण्डले विगतमा वैद्य र डाक्टर लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै ओलीले कटाक्ष गरेका हुन् ।
विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको जिकिर थियो ।

प्रचण्डलाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, सिध्दिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार