होटेलको कोठामा झुन्डिएको अवस्थामा युवतीको शव फेला ।

 

काठमाडौ / जनकपुरधाम स्थित एक होटेलको कोठामा एकजना युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा एक युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रका अनुसार होटेलको कोठामा करिब २२ वर्षीया एक युवती मृत फेला परेको हो ।

मिश्रले विगत दुई दिन देखि होटेलमा बस्दै आएकी युवती कोठामा झुण्डिएको अवस्थामा शनिबार साँझ फेला परेको हो ।

मृत युवतीको पहिचान खुल्न नसकेको र घटना बारे थप अनुसन्धान कार्य अगाडी बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार