टिपरको ठक्करबाट नाइटिङ्गेल बोर्डिङ स्कुलका चालकको मृत्यु ।

 

काठमाडौ / भक्तपुर नगरपालिका घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरको ठक्करबाट शनिबार एकजना पुरुषको ज्यान गएको छ ।

बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका वडा नं ७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका ११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार